कैलालीको जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। जबरजस्ती करणी मुद्दाका आरोपी कैलालीको लम्कीका २३ वर्षीय दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएको थियो।
प्रहरी नायव निरीक्षक जनक सिंहको नेतृत्वमा दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएका बेला फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए।
उनका अनुसार फरार अभियुक्त दमाईको खोजीका लागि सबै क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ।