दुुई दिनदेखि परेको निरन्तरको वर्षाका कारण मोरङ र सुुनसरीमा १७ करोडभन्दा वढि मूल्य वरावरको इँटा नोक्सानी भएको छ । मोरङ र सुुनसरीमा ४३ वटा ईटा उधोग रहेका छन् ।
वर्षाले सो उधोगमा पोल्न राखिएको सवा करोडभन्दा वढि इँटा पूर्ण रुपले क्षति पुुर्याएको कोशी अञ्चल इँटा उधोग व्यवसायीसंघका अध्यक्ष महेन्द्र प्रसाद साहले बताए । भट्टामा पोल्न राखिएका काँचो ईटालाई पानीले भिजाएपछि क्षति भएको हो ।
इँटा उत्पादन हुुने अहिलेको सिजनमा वर्षाले ठूलो क्षति पुुर्याएको उनको भनाई छ । बेमौसममा आएको वर्षाका कारण इँटालाई प्लास्टिकले छोप्न समेत नभ्याएकाले क्षति भएको उधोगीहरु वताउँछन । वर्षाले क्षति पुुर्याएका काँचो इँटा काम लाग्ने अवस्थामा नरहेको अध्यक्ष साहको भनाई छ ।