मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको छ।
जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि शुक्रबार दिउँसोदेखि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ।
रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जिएसएम र सिडिएमए मोबाइल टावरसमेत अवरुद्ध भएका हुन्।
मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट आवश्यक उपकरणसहितको प्राविधिक टोली पठाइ सकिएकाले मङ्गंगलबारसम्ममा सेवा सञ्चालन हुने नेपाल टेलिकम नेपालगञ्जका कार्यकारी प्रमुख शिवराज खनालले बताए। दुइवटै मोबाइल सेवासँगै ल्याण्डलाइन टेलिफानसमेत बन्द भएपछि दुनै लगायत विभिन्न स्थानीय तह रहेका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ ।