सुर्खेतको लेकबेसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई लखेटेको छ।
सामुदायिक वनमा रुख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए। काठका भाँडाकुँडा बनाउन सिमलको रुख ढालिरहेका बेला गाउँलेहरु आएर आफुहरुलाई लखेटेको राउटे समुदायका अगुवा मीनबहादुर शाहीले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई गुनासो गरे।
राउटेहरुले मन्त्रीलाई भेटेपछि यसअघि काटिसकेका रुख राउटे समुदायलाई नै उपलब्ध गराउने र अरु रुख काट्न नदिने सहमति भएको छ। सहमतिपछि मन्त्री बुढाले १० हजार बाटो खर्च दिएको र प्रतिपरिवार एक/एक बोरा चामल दिने प्रतिवद्धता समेत जनाएको छ। नागरिकमा खबर छ।