नेपाल सरकारले सवै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निशुुल्क पुुर्याउने उदेश्यले शुुरु गरेको स्वास्थ्य विमा कार्यक्रम मोरङ जिल्लामा आगामी फागुुन महिनादेखी शुुरु हुुने भएको छ ।विमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आइतबार आयोजित अभिमूखिकरण कार्यक्रममा सो कुुराको जानकारी गराइएकाे हाे। त्यसका लागी विराटनगर महानगरपालिका सहित १७ वटै स्थानियतहमा तयारी शुुरु गरिएको छ ।
विमागर्दा पाँचजनाको परिवारले वार्षिक २५ सय र त्यो भन्दा वढि परिवार शख्यामा भएमा त्यसमा ४ सय ५० रुपैया थप गर्नुुपर्ने हुन्छ । विमामा दर्ता भएपछि नेपाल सरकारले सुुचिकृत गरेको निजि तथा सरकारी अस्पतालवाट ५० हजार वरावरको निशुुल्क उपचार पाउने व्यवस्था गरिएको छ । विमामा दर्ताा परिवार विरामी भएमा विभिन्न स्वास्थ्यसेवा सहित उनीहरुलाई ११ सय ३३ प्रकारका औषधि निशुुल्क उपलव्ध गराइन्छ ।
१७ वटै स्थानियतहको वर्डावर्डामा कार्यक्रम संचालनका लागी प्रत्येक वडामा खटिएका एकएकजना विमादर्ता सदस्यहरुले सहभागी सदस्यहरुको नाम दर्ता गर्ने छन् । त्यसका लागी मोरङका १ सय ५९ वटै वर्डामा विमादर्ता सदस्य परिचालन हुुने छन् ।
कार्यक्रममा बाेल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले विमा कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले स्थानिय स्तरमा यो बारेमा प्रचार प्रसार आवश्यक रहेको बताए । उनले कार्यक्रमलाई प्रभावकारी वनाउन महानगरपालिकाको सक्दो सहयोग रहने समेत बताए ।
विराटनगर महानगरपालिकाका प्रमुुख प्रसासकिय अधिकृत कुुमार दाहालले विमामा आजद्ध व्येक्ति नेपालभरी कुुनै ठाउमा विरामी भएमा त्यहि ठाउँको अस्पतालवाट उपचारसेवा पाउनुुपर्नेमा जोड दिए ।
नेपाल सरकार स्वास्थ्य विमार्वोड प्रदेश न १ को आयोजनामा भएको कार्यक्रममा वडा संयोजक ज्ञानवहादुुर वस्नेत तथा र्वोडका सह–संयोजक दर्गा आर्चायले विमावारे नितिगत व्यवस्था र विमाको संरचना तथा ढाचा वारे जानकारी गराए । यो कार्यक्रम अहिले ३६ जिल्लामा संचालनमा छन । कार्यक्रममा दिएको जानकारी अनुुसार आइतबार दिउँसो सम्म १४ लाख २५ हजार ५ सय ३२ जना विमामा दर्ता भएका छन् । त्यसमा ५३ प्रतिशत महलिा र ४७ प्रतिशत पुुरुष छन् । प्रदेश नम्वर १ का ६ वटा जिल्लामा यो कार्यक्रम संचालनमा आइसकेको छ ।