सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा एकीकृत घुम्ती सेवा शिविर संचालन गरिएको छ ।
सुर्खेतका सुदूर पश्चिमका दुर्गम बस्तीमा सरकारी सेवा पु¥याउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा चौकुने गाउँपालिकाको आयोजनामा दुई दिने एकीकृत घुम्ती शिविर संचालन गरिएको हो । शिविरबाट त्यस क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले दुई दिने शिविरमा १९९ जनालाई नागरिकता प्रदान गरिएको बताए । यस्तै २५९ जनाको फोटोसहितको मतदाता नामावली बनाइएको, ४३४ जनाको स्वास्थ्य जाँच गरिएको, ३७० जनालाई कृषि सेवा र वीऊ वितरण गरिएको, तीन हजार ४ सय ५१ जनाले पशु सेवा उपचार लिएको र २७ जनाले रक्तदान गरेको जानकारी उनले दिए ।
शिविरमा चौकुने गाउँपालिकाका घाटगाउँदेखि लगाम, बेतानलगायतका थुप्रै स्थानीयले सरकारी सेवा लिएका थिए । चालु आर्थिक बर्षको यो दोस्रो घुम्ती शिविर हो ।