नजिकैको नदी तथा खोला नाला, अनि छेउमै रहेको जमिन बाँझै । खेतीका लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता । वर्षौं देखिको यो समस्या अन्त्य गरेको छ, सोलार सिष्टमबाट शुरु गरिएको लिफ्ट सिंचाई प्रविधिले ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गतको भेरी करिडोर सिंचाई आयोजनाले भेरी नदी, जमिन मुनिको पानी र पोखरीको पानी सोलार सिष्टममार्फतगाउँमा सिंचाई पुरयाएपछि वर्षौं देखिको सिंचाई समस्या समाधानमा सहयोग पुगेको हो ।गुर्भाकोट नगरपालिकाको मेहेलकुनागोगुलपुरका बासिन्दा बाह्रैमास सिंचाई सुविधा पुगेपछि व्यवसायिक तरकारी खेतीमा लागेका छन्।जहाँ यस्तै ७० घरधुरी रहेका छन् ।
गुर्भाकोट नगरपालिकामा मात्रै नभएर भेरीगंगा नगरपालिकाको मैनतडा, छिन्चु, सिम्ता गाउँपालिकाको मस्ताडा, लेकवेशी नगरपालिकाको लेकफर्सा, चौकुने गाउँपालिकाको घाटगाउँ र सल्यानका बासिन्दाहरु बाह्रैमास सिंचाई सुविधा पुगेपछि तरकारी खेतीमा लागेका छन् ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाकासिनियर डिभिजनल इन्जिनियर मनोज थापाले लिफ्ट सिंचाईका आयोजनाहरुमा निर्माणको काम तिव्र गतिमा भइरहेको जानकारी दिए । उनले लिफ्ट सिंचाई आयोजनाको काम विगत तिन वर्षदेखि सुरु भएको बताए ।
भेरी–बबई आयोजनासँगै भेरीको सुर्खेतको घोरेटादेखि घाटगाउँसम्मको एक सय २५ किलोमिटर क्षेत्रमा सिंचाई, विद्युतीकरण र सडक पु¥याउने उद्देश्यले भेरी करिडोर सिंचाई विकास आयोजना सुरु गरिएको हो। एक वर्षको अवधिमा आयोजनाले सोलार र विद्युतमार्फत एक सय ७८ योजना र कुलो मर्मत समेत गरीएक हजार १६ हेक्टर जमिनमा सिंचाई सुविधा पुरयाएकोे आयोजनाले जनाएको छ ।
सिनियर डिभिजनल इन्जिनियर थापाले प्रत्येक स्थानीय तहहरुमा एउटा सिंचाई आयोजनाले ५० घरधुरी परिवार लाभान्वित हुने गरेको बताए । उनले १५ देखि २५ हेक्टर जमिनमा एउटा लिफ्ट सिंचाई आयोजनाले कभर गर्ने जनाए । सिंचाई सुविधापछि व्यवसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने लक्ष्य लिइएकाे छ ।भेरी–बबई बहुउद्देश्यीय आयोजनाकासिनियर डिभिजनल इन्जिनियर थापाले आर्थिक वर्ष २०७९/८० मा सुर्खेतका स्थानिय तहहरुमा लिफ्ट सिचाँई आयोजना सक्ने लक्ष्य रहेको जनाए ।