बैतडीको दोगडाकेदार गाउँपालिकाका २ सयभन्दा बढी महिलाले छोरी जन्माएर प्रोत्साहन भत्ता पाएका छन्।
गाउँपालिकाभित्र गत आर्थिक बर्षमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहन स्वरुप १÷१ हजार रुपैंयाका दरले भत्ता दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए।
छोरी पनि छोरा समान भएको सन्देश दिन र समाजमा समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन्।
छोरा जन्मिदा खुसी हुने समाजमा गाउँपालिकाको प्रोत्साहन भत्ताले छोराछोरीमा गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी इन्चार्ज प्रेमबहादुर चन्दले बताए।
गर्भाअवस्थामै छोरी भए गर्भपतन गराउने समस्यामा कमी ल्याउन २०७४ भदौदेखि प्रोत्साहन दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । यसरी आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार बैतडीकै पहिलो गाउँपालिका हो ।