गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन धरौटीमा रिहा भएकी छिन् । उनी ५ लाख रुपैयाँ धरौटी राखेर रिहा भएकी हुन् । जिल्ला अदालत, काठमाडौंले बिहीबार उनलार्इ छाड्न आदेश दिएको थियो।
श्रीमानलार्इ अपराधिक घटनामा हतियार उपलब्ध गराउन सहयोग गरेको आरोपमा प्रहरीले उनलार्इ जेठ १८ गते पक्राउ गरेको थियो । तिनै आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाले शेरचनविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाएको थियो ।
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई भने मुस्ताङ कारागार पुर्याइएकाे छ ।