बैतडीमा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
शिवनाथ गाउँपालिका–२, बारासीमा नदी तर्ने क्रममा बगाएर शुक्रबार दिउँसो सोही गाउँपालिका वडा नम्बर–४ की ३५ वर्षीया सकुन्तला महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
महताको शब करिब ७०० मिटर तल नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।