गुल्मीमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। सदरमुकाम तम्घासबाट भाइटीका लगाउँन भाँडगाउँतर्फ जाँदै गरेको जीप शुक्रबार बिहान रेसुंगा नगरपालिकाको भाँडगाउँमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी जीप मालिक रेसुङ्गा नगरपालिका १ का ४५ वर्षीय निर्मला केसी, उनका २६ वर्षीय छोरा प्रवेश, छोरी २३ वर्षीय सन्ध्या केसी, रुपन्देही फुलवारीक २१ वर्षीया मनिका घिमिरे र रेसुङ्ग नगरपालिकाकी १६ वर्षीया पुष्पा राना घाइते भएका छन्।
घाइतेहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ। घाइतेहरुको हातमा र टाउकोमा चोट रहेका प्रहरीले जनाएको छ।
जीप चालक सुरज पन्थी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।