प्रहरीले बुटवलमा जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा , रुपन्देहीकै देवदह र देवदहकै भवानीपुरबाट उनीहरूलार्इ पक्राउ गरिएकाे हाे । ती जुवाखालबाट प्रहरीले पाँच लाख दुई हजार रुपैयाँ समेत बरामद गरेकाे छ ।
पक्राउ परेका ७६ वर्षीय वृद्द देखि १८ बर्ष युवालार्इ इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा राखिएकाे छ । तिहारमा हुने जुवातास नियन्त्रण अभियानमा वुटबल प्रहरी सक्रिय भएर लागेकाे छ ।