प्रदेश नम्बर ३ सदस्य निमा लामाले पिछडिएका माझी समुदायलाई कम्प्युटर उपहार सहित तिहारको शुभकामना दिएका छन्। मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले उक्त समुदायको नवज्योति जनजागरण सांस्कृतिक परिवार आठ कम्प्युटर र एक प्रिन्टर प्रदान गरेका हुन्।
माझी युवाले अध्ययन गरे पनि उच्च शिक्षा अध्ययनका क्रममा कम्प्युटरको ज्ञान नहुँदा अरुभन्दा कमजोर भएको पाइएकाले आफूले सहयोग गरेको सांसद् लामाले जानकारी दिए।
माझी समुदायका युवा पढाइमा अब्बल हुँदै आएका छन्। स्थानीय विद्यालयका कम्प्युटर शिक्षक अमृत माझीको संयोजनमा युवालाई दैनिक कम्प्युटर शिक्षा दिइने उक्त क्लबले जनाएको छ। रासस