पूर्वी लमजुङमा एक युवक मृत भेटिएका छन्। दोर्दी गाउँपालिका– २ सल्लाबोटका २७ वर्षीय राजन गुरुङ सोही वडास्थित तार्दी खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ।
गत कात्तिक ९ गते शुक्रबार साँझदेखि हराएका गुरुङलाई १६ गते शुक्रबार खोलामा माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गुरुङको शवलाई शनिवार प्रहरीको टोली पठाएर पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
गुरुङको मानसिक अवस्था ठीक नभएको बुझिएको प्रहरीले जनाएको छ।