नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चिकित्सकमाथि आक्रमण हुनु आपत्तिजक बिषय भएको भन्दै आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेता निधिले बिहिबार सामाजिक सञ्जालमा ट्वीट गर्दै आक्रमणको घटनाको निन्दा गर्दै त्यसमा संलग्न जो सुकै भए पनि कार्बाही हुनुपर्ने माग गरेका छन्।
निधिले ट्वीट गरेका छन्, ‘अस्पतालमा पटक पटक डाक्टर र चिकित्सकहरुमाथि आक्रमण हुनु आपत्तिजनक बिषय हो। यसको घोर निन्दा गर्दछु। आन्दोलनरत चिकित्सकहरुको माग जायज हो। अपराधी जो सुकै भए पनि कार्बाही हनुपर्छ। असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुनेछ। सरकारको ध्यान जाओस्।’