Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Wednesday, November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
आयुर्वेद चिकित्सा पद्धतिको विकासमा स्वास्थ्यमन्त्री बस्नेतको जोड
स्पेसखबर
स्पेसखबर काठमाडौं, ९ असोज
आयुर्वेद चिकित्सा पद्धतिको विकासमा स्वास्थ्यमन्त्री बस्नेतको जोड

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा मंगलबारदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताए।

“आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन। मन्त्रालय विश्वस्त हुने गरी ठोस कार्ययोजना लिएर आउनुप¥यो। त्यसमा मेरो सहयोग रहन्छ”, उनले भने। जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुनेसमेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिए।

आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्पन नभएको उनले स्पष्ट पारे।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताए। स्वास्थ्य बीमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै उनले स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पताललाई दिनुपर्ने सोध भर्ना दिएको बताए।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गरे। तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उहाँले उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासमा लागिपरेको बताए।

शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन (बान्ता), विरेचन (मल उत्सर्जन), बस्ती (मलद्वारबाट औषधि प्रक्षेपण, नस्य (नाकबाट औाषधि प्रक्षेपण) र रक्त मोक्षण (शुद्धीकरण) गरी पाँच वटा विधि प्रयोग गरिन्छ। यसबाट शरीरमा विकारयुक्त तत्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च किकित्सा भनिएको हो।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०, ०६:५४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
  • खाणले न्याय पाउनेमा देउवा आशावादी
  • जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
  • निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
  • प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
  • कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
झडप नियन्त्रणमा लिन प्रहरीद्वारा ८ राउन्ड हवाई फायर
झडप नियन्त्रणमा लिन प्रहरीद्वारा ८ राउन्ड हवाई फायर
माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु
माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु
छठपर्व:अस्ताउँदो सूर्यलाई अर्घ
छठपर्व:अस्ताउँदो सूर्यलाई अर्घ
जाजरकोटमा चिसोले एक साताभित्रै सात जनाको मृत्यु
जाजरकोटमा चिसोले एक साताभित्रै सात जनाको मृत्यु
पर्यटक चरा नेपाल आउने क्रम सुरू
पर्यटक चरा नेपाल आउने क्रम सुरू
  • ताजा समाचार
  • ट्रेण्डिङ
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
एनआरएनएभित्र विवाद बल्झियाे , पुनः निर्वाचन गर्न माग
खाणले न्याय पाउनेमा देउवा आशावादी
खाणले न्याय पाउनेमा देउवा आशावादी
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
जाजरकाेट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  मङ्सिर २० र २१ गते  काठमाडौँमा हुने
निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० र २१ गते काठमाडौँमा हुने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई जाँदै
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित) 1
एकै पटक ७१ सहसचिवको सरुवा (को, कहाँ? सूचीसहित)
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि 2
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड 3
एमाले नेता योगेश भट्टराई चढेकाे गाडी ताेडफाेड
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए 4
कोरोनाबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत 5
जनकपुरमा कांग्रेस प्रवेशको लहरः बिभिन्न पार्टीका सात सयभन्दा बढीलाई निधिले गरे स्वागत
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक भिम थापा
संवाददाता विनिल बस्नेत
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP