Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, October 03, 2023 | मंगलबार, असोज १६, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाईदै ढुक्क भएर लगाउन सरकारको आग्रह
स्पेसखबर
स्पेसखबर काठमाडौँ, २१ भदौ
भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाईदै
null

सरकारले यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ढुक्क भएर लगाउन आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गरेका हुन्।

उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए।

औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ। यही भदौ २७ गतेदेखि देशमा सात प्रदेशका सात अस्पतालबाट १४ वर्ष पुगी १५ वर्ष नपुगेका किशोरीलाई एचपिभी खोप लगाइने छ। गत असारमा सरकारले चीनबाट खरिद गरेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी किशोरीलाई लगाउने भनेर २० हजार मात्रा ल्याएको थियो।

महाशाखाका निर्देशक डा लालका अनुसार कोशी प्रदेशमा कोशी अस्पतालमा भदौ २८ देखि ३० गतेसम्म, मधेस प्रदेशमा वीरन्गजस्थित नारायणी अस्पतालमा भदौ २९ देखि ३१ गतेसम्म, बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भदौ २७ देखि ३० गतेसम्म, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान भदौ २७ देखि ३० गतेसम्म खोप लगाइने छ।

यस्तै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा भदौ २७ गतेदेखि ३० गतेसम्म, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतमा भदौ २७ गतेदेखि ३० गतेसम्म र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा भदौ २७ गतेदेखि २९ गतेसम्म एचपिभी खोप लगाइने छ।

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो।

दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने र पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ। महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्लुएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गरे। “एचपिभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको छ”, उनले भने।

‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । यस्तै एचपिभी सङ्क्रमण भएपश्चात् हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपिभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने गरेको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए।

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ। विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ। सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना (६६ दशमलव पाँच प्रतिशत)को मृत्यु भएको छ। पाठेघरको मुखको क्यान्सरले ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ।

‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। सोही भाइरसविरुद्ध एचपिभी खोप प्रदान गर्न थालिएको हो। असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। एचपिभी खोप लगाएपछि किशोरीहरूमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने÷वाकवाकी लाग्ने, थकान महसुस हुने÷रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन्।

शाखाका प्रमुख डा गौतमले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनुका साथै सरोकारवालासँग अन्तक्र्रियासमेत गर्ने बताए। पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा महिलामा धेरैजसो लक्षण र चिह्नहरू देखिँदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुने गर्दछ। पछि गएर तल्लो पेट दुख्ने, अनियमितरूपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी जम्ने, कमजोर हुँदै जाने र रक्तअल्पताजस्ता लक्षण पाठेघरको मुखको क्यान्सरमा देखिने गर्दछ।

विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले अहिले केही उमेर समूहका किशोरीलाई मात्र खोप दिइए पनि आगामी वर्ष सबै १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई प्रदान गर्ने बताए। उनले एचपिभी खोपलाई पनि सरकारले नियमित खोपमा समावेश गर्ने तयारी गरेको बताए।

खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप लगाउन नहुने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए। रासस

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०, ०७:३२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
आयुर्वेद चिकित्सा पद्धतिको विकासमा स्वास्थ्यमन्त्री बस्नेतको जोड
आयुर्वेद चिकित्सा पद्धतिको विकासमा स्वास्थ्यमन्त्री बस्नेतको जोड
राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन समुद्घाटन
राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन समुद्घाटन
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस 2
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा? 3
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन 4
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने  5
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP