Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा
स्पेसखबर
स्पेसखबर बागलुङ,२८ चैत
बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा
फाइल तस्बिर

 

बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो ।
 
पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिराको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ । जिल्लाका कूल ८५ वडामध्ये पहिराको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन् ।
 
मनसुनजन्य आपत्कालीन कार्ययोजना–२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिराको जोखिममा छन् । जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।
 
मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए। कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।
 
पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ। पहिराको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती, सुत्केरी, अपाङ्ग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्र्रतिकार्य योजनामा उल्लेख छ । यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन् । कार्ययोजनाले उद्धार राहत तथा पुनःस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ । जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरेकोे हो ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९, ०१:४३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
  • पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
  • नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
  • शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
  • दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
दुई बर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरण फिर्ता गरिने स्वास्थ्यमन्त्री  बस्नेतको घोषणा
दुई बर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरण फिर्ता गरिने स्वास्थ्यमन्त्री बस्नेतको घोषणा
युवतीहरूलाई झुक्याएर लगी भारतमा वेश्यालय सञ्चालन
युवतीहरूलाई झुक्याएर लगी भारतमा वेश्यालय सञ्चालन
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
चिठ्ठा परेको भन्दै ठगी गर्ने तीनजना पक्राउ
चिठ्ठा परेको भन्दै ठगी गर्ने तीनजना पक्राउ
निजी छोडेर सामुदायिक विद्यालयमा
निजी छोडेर सामुदायिक विद्यालयमा
  • ताजा समाचार
  • ट्रेण्डिङ
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP