Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, March 25, 2023 | शनिबार, चैत ११, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या
रासस
रासस भैरहवा, १ चैत
शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या

मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पए। स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो।

हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ। भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा अन्य भोजपुरी भाषीको साहरा लिनुपर्छ।

रूपन्देहीको दक्षिणी क्षेत्रका धेरै जसो विद्यालयमा यो समस्या अहिले पनि छ। नेपाली भाषी शिक्षकले भोजपुरी तथा अन्य भाषीका विद्यार्थीलाई पुस्तकमा भएका विषय राम्रो बुझाउन भाषा बाधक बन्ने गरेको छ। जसले सिकाइ प्रभावकारी हुन नसकेकोमा उहाँहरुको चिन्ता छ।

“सबै विद्यार्थीले नेपाली भाषा राम्रोसँग बुझ्नुहुन्न, हामीलाई उनीहरुले बोल्ने भाषा राम्रोसँग आउँदैन”, उनले भने, “कतिपय यस्ता विषय हुन्छन् जुन आफ्नै भाषामा बुझ्न सजिलो हुन्छ तर हामीले उहाँहरुको भाषामा भाव आउने गरी बुझाउन सक्दैनौँ।” उनी माध्यमिक तहको सीप परीक्षणमा स्थानीय भाषासम्बन्धी मूल्याङ्कन गर्नुपर्ने सुझाव दिन्छन्।
यस क्षेत्रमा विद्यालयमा अधिकांश विद्यार्थीहरु भोजपुरी र अवधि भाषा बोल्छन्। उनीहरु नेपाली भाषामा सिक्न गाह्रो मान्छन्। यस्तो अवस्थामा उनीहरुलाई उनीहरुकै भाषामा पढाउने शिक्षकको कमी हुँदा सिकाइ प्रभावकारी हुन नसकेको गुरुङको भनाइ छ।

“शिक्षामा भाषाको प्रयोग महत्वपूर्ण हुन्छ । प्रभावकारी सिकाइका लागि मातृभाषाको प्रयोग राम्रो हुन्छ”, उनले भने, “यहाँका विद्यार्थी घरबाट विद्यालय पुगेर घर फर्कदासम्म कम्तीमा तीनवटा भाषा प्रयोग गर्नुपर्ने अवस्था छ।”

असुरैना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष जैस मोहम्मद खाँन सम्भव भएसम्म घरकै भाषा सिकाउनुपर्ने बताउछन्। “विद्यार्थीले घरमा सिकेको भाषालाई विद्यालयले बाधक मान्न हुँदैन”, उनले भने, “उसले घरमा सिकेको भाषालाई जग मानेर पनि सिकाउन सक्नुपर्छ।”

रुपन्देहीकै बगहा माध्यमिक विद्यालयका शिक्षक रामदेव बरईले विद्यालयमा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा अध्यापन गराउँदै आइएको बताउछन्। उनले विद्यालयमा विद्यार्थीलाई सुरुमा नेपालीमै पढाउने र अप्ठ्यारा शब्दलाई भोजपुरीमा उल्था गरी पढाउने अभ्यास अपनाइएको जानकारी दिए। “अझ अङ्ग्रेजी विषय त झन कठिन छ”, उनले भने “अङ्ग्रेजी पढाउँदा सुरुमा अङ्ग्रेजी–नेपाली हँुदै भोजपुरीमा बुझाउनुपर्छ।”

विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई भोजपुरीमा उल्था गरेर पढाउने विधि अपनाइएको छ। आधारभूत तहमा मातृभाषामै अध्ययन अध्यापन गराउने अधिकार स्थानीय तहलाई भए पनि रुपन्देहीका अधिकांश स्थानीय तहमा यो व्यवस्था लागू हुनसकेको छैन। प्राथमिक तहसम्म मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था रहे पनि सो अनुसारको पाठ्यपुस्तक उपलब्ध नभएकाले बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन्।

मातृभाषा भोजपुरी भएका शिक्षकलाई समस्या नभए पनि यस्ता शिक्षकको सङ्ख्या कम भएको असुरैना माध्यमिक विद्यालयका शिक्षक शेषनाथ कुर्मीको भनाइ छ। “शिक्षकमा स्थानीय भाषाको ज्ञान छैन, विद्यार्थी पूर्णरुपमा नेपाली भाषा बुझ्न नसक्दा कहिलेकाँही समस्या हुन्छ”, उनले भने।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९, ०६:२७:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
  • मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
  • नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने
  • लोकतन्त्र र जनअधिकार मेरो प्राथमिकता : रामचन्द्र पौडेल
  • ‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
  • भण्डारीको भेन्टिलेटर हटाइयो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
सञ्चारकर्मी ताम्राकारको निधन
सञ्चारकर्मी ताम्राकारको निधन
तीन हेलिकप्टर पाइलट निलम्वित
तीन हेलिकप्टर पाइलट निलम्वित
नेपालमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्याे
नेपालमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्याे
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
  • ताजा समाचार
  • ट्रेण्डिङ
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
अयोग्य लडाकुको राहतका लागि भाेलिदेखि प्रारम्भिक प्रक्रिया अघि बढाइँदै 1
अयोग्य लडाकुको राहतका लागि भाेलिदेखि प्रारम्भिक प्रक्रिया अघि बढाइँदै
१४ वर्षपछि स्ववियु निर्वाचन, १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकियाे 2
१४ वर्षपछि स्ववियु निर्वाचन, १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकियाे
सभामुखले घिमिरेले पत्रकारबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए 3
सभामुखले घिमिरेले पत्रकारबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक 4
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस 5
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP