Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, March 25, 2023 | शनिबार, चैत ११, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने
रासस
रासस चितवन, २० फागुन
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो ।

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् ।

यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको उहाँले जानकारी दिनुभयो ।

विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो ।

पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको हो । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि रु एक अर्ब २२ करोड खर्च हुने छ । सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् ।
–––

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९, ०५:४२:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
  • मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
  • शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या
  • लोकतन्त्र र जनअधिकार मेरो प्राथमिकता : रामचन्द्र पौडेल
  • ‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
  • भण्डारीको भेन्टिलेटर हटाइयो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
सञ्चारकर्मी ताम्राकारको निधन
सञ्चारकर्मी ताम्राकारको निधन
तीन हेलिकप्टर पाइलट निलम्वित
तीन हेलिकप्टर पाइलट निलम्वित
नेपालमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्याे
नेपालमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्याे
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
  • ताजा समाचार
  • ट्रेण्डिङ
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल दोस्रो पटक भत्कियो
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
अयोग्य लडाकुको राहतका लागि भाेलिदेखि प्रारम्भिक प्रक्रिया अघि बढाइँदै 1
अयोग्य लडाकुको राहतका लागि भाेलिदेखि प्रारम्भिक प्रक्रिया अघि बढाइँदै
१४ वर्षपछि स्ववियु निर्वाचन, १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकियाे 2
१४ वर्षपछि स्ववियु निर्वाचन, १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकियाे
सभामुखले घिमिरेले पत्रकारबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए 3
सभामुखले घिमिरेले पत्रकारबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक 4
क्षमताभन्दा बढी सामान बोक्ने ट्वीनअटर जहाजका चालकसहित सात जनालाई काम गर्न रोक
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस 5
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP