Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
म्याग्दीबाट जनकपुर हुँदै अयोध्यामा कालिगण्डकीको शिलाः नेपाल–भारत सम्बन्धमा नयाँ आयाम
स्पेसखबर
स्पेसखबर म्याग्दी, ३ माघ
म्याग्दीबाट जनकपुर हुँदै अयोध्यामा कालिगण्डकीको शिलाः नेपाल–भारत सम्बन्धमा नयाँ आयाम

भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिरमा भगवान रामको मूर्ति बनाउन नेपालको तर्फबाट भारत सरकारलाई उपहारस्वरुप पठाउन लागिएको पवित्र कालिगण्डकी नदीको दुईवटा शिलाको धार्मिक बिधि अनुसार गुरुपुरोहितबाट क्षमापूजा तथा भूमिपूजा गरिएको छ।

शिला पूजा कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि, गण्डकी प्रदेशका पूर्ब मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनी नगरपालिका नगर प्रमुख सुरत केसी, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज, जानकी मन्दिरका महन्थ लगायतको उपस्थिति थियो।

बेनी–गलेश्वर सडक खण्ड अन्तर्गत बेनी नगरपालिका ६ ठुलो पहिरोस्थित कालिगण्डकी किनारमा छनौट गरिएको १८ टनको क्वार्जराइट र १६ टनको क्यालसाइट शिला एक हजार बर्ष टिकाउ हुनेछ। ७ फिट लम्बाइ र ५ फिट चौडाइका दुई थान शिला एक साताभित्र जनकपुर लगेर मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ  कांग्रेस नेता निधिका अनुसार त्यसलगत्तै जनकपुरका तर्फबाट अयोध्या गएर ती शिला राम मन्दिरमा हस्तान्तरण गरिने छ।

No description available.

नेता निधिले यसले गण्डकी प्रदेश, जनकपुर र अयोध्या मात्र नभई नेपाल र भारत विचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै कालिगण्डकीलाई धार्मिक ,सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउन टेवा पु¥याउने विश्वास व्यक्त गरे । जनकपुर अयोध्याको सम्बन्धलाई कालिगण्डकीको शिलाले थप बलियो बनाउने उल्लेख गरे। यसबाट नेपाल भारतबीचको सम्बन्ध अनन्तकालसम्म फड्को मार्ने कांग्रेस नेता निधिको मत छ।

साउन अन्तिम साता नेता निधिको नेतृत्वमा जानकी मन्दिरका महन्थसहितको प्रतिनिधिमण्डलले अयोध्यामा राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिव धनुष उपहार दिने सहमति भएको थियो। नेता निधिको पहलमा संघीय मन्त्रिपरिषदले शिला उपहार दिने निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले आवश्यक प्रकृया अघि बढाएको थियो।

अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई १९ कात्तिकमा पत्राचार गरेको थियो । त्यसपछि ३ पुसमा संघीय सरकारको मन्त्रिपरिषद्ले ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले ६ पुसमा सहमती जनाएपछि कालिगण्डकी नदीमा शिलाको खोजी र अध्ययन सुरु भएको थियो।

प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले शिलाको नापचाँच गरेको थियो। बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानदेखि ३ किलोमिटर उत्तर गलेश्वरसम्म करिब दश दिन लगाएर शिलाको अध्ययन र पहिचान गरिएको थियो। करिब एक महिनाको स्थलगत अवलोकन तथा स्थानको पहिचान गरेपछि प्राविधिक टोलीले करिब १ हजार बर्ष टिकाउ हुने शिलाको पहिचान गरेको हो।

No description available.

बाजा बजाएर बेनीबाट शिलाको बिदाइ गरिने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए। अयोध्या शिला पठाएपछि यो क्षेत्रलाई रामभूमिका रुपमा विकसित गरिने योजना नगर प्रमुख केसीले सुनाए।

हिन्दु धार्मिक मान्यताअनुसार कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेकोले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । शिला पठाउँदा धार्मिक र सांस्कृतिक सम्बन्धमात्र बिस्तार हुदैन यसले धार्मिक र सांस्कृति पर्यटन प्रवद्र्धनमा ठूलो मद्धत पुग्ने कृष्णागण्डकी नदीका अध्येता कुलराज चालिसेले बताए।


शिलाको शुरुवात
कालिकण्डकीको शिला अयोध्या पठाउने काम कांग्रेस नेता निधिको पहलमा शुरु भएको हो। करिब दुई बर्षअघि जनकपुरमा मनाइने रामजानकी बिबाहपञ्चमीको अवसरमा अयोध्याबाट राम मन्दिर निर्माण समितिका बिशिष्ठ अधिकारीहरु जन्ती बनेर आएका थिए। साधुसन्तसहित जानकी मन्दिरमा भएको छलफलमा कांग्रेस नेता निधिले अयोध्याको राम मन्दिरमा जनकपुरधामका तर्फबाट धातुको धनुष राख्ने प्रस्ताव गरे। त्यसमा सहमत जनाउदै मन्दिर निर्माण समितिका पदाधिकारीहरुले रामको बाल्यकालको मूर्ति निर्माणका लागि कालिगण्डकीको शिला उपलब्ध गराउन आग्रह गरे। निधिले सो प्रस्ताव स्वीकारे।

त्यसपछि अयोध्यास्थित राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा नेता निधिले मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिलालेख कालिगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए। त्यसपछि दुबै सरकारबीच आबश्यक कानुनी प्रकृया अघि बढेको हो।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९, ०७:४५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
आयुर्वेद चिकित्सा पद्धतिको विकासमा स्वास्थ्यमन्त्री बस्नेतको जोड
आयुर्वेद चिकित्सा पद्धतिको विकासमा स्वास्थ्यमन्त्री बस्नेतको जोड
राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन समुद्घाटन
राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन समुद्घाटन
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP