Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, February 05, 2023 | आइतबार, माघ २२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट
रासस
रासस चितवन, १५ पुस
टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट
साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ।
 
अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ। विसं २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन्। गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो।
 
हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाई स्कुल’ नाम राखी यो विद्यालय स्थापना गरिएको हो। दिनभर कामले व्यस्त उमेर छिप्पिएका युवायुवतीहरूले बेलुका ५ देखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए। उहाँले भन्नुभयो, “बिजुलीबत्तीको अभावमा लालटिन, मइन्टोल र टुकीबत्ती बालेर पढ्नुपर्ने अवस्था थियो ।” त्यसबेला प्रौढ वा युवा अवस्थाका विद्यार्थीको पठनपाठनको नतिजा शुन्य नै थियो । रात्रिकालीन समयमा सोचेजस्तो नतिजा नआएपछि विसं २०३७ मा विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गरियो। बिहानी सत्रमा विद्यालय सञ्चालन गरे पछि विसं २०३८ मा पनि विद्यालयको प्रवेशिका परीक्षा शून्य प्रतिशत नै भयो । बिहानी सत्रबाट २०४५ सालमा बिहान १० देखि बेलुका ४ बजेसम्म पठनपाठन सुरु भयो ।
 
सञ्चालन शैलीमा केही परिवर्तन भएकाले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको प्रचार्य दवाडीकोे भनाइ थियो । विसं २०४९देखि यस विद्यालयलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सामूहिक प्रयत्न र पहल भएको थियो। बिहान ९ः५० देखि बेलुका ४ः३० सम्म पढाउने, अतिरिक्त अङ्ग्रेजी÷गणित पढाउने, प्रवेश परीक्षा लिने, उत्तीर्ण अङ्क ४० गर्ने, शिक्षकलाई अध्यापनमा प्रतिबद्ध गराउने, नतिजाको विश्लेषण गरी सार्वजनिक गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायत योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठ योजना आदिको व्यवस्था गर्दै २०५७ सालमा आइपुग्दा जिल्लाकै प्रथम विद्यालयका रुपमा आउन सफल भएको तत्कालीन प्रअ टेकबहादुर थापाले बताउनुभयो।
 
वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “विसं २०५७ देखि हालसम्म यो विद्यालय जिल्लाको उत्कष्ट स्थानमै छ र विसं २०६८ देखि राष्ट्रिय मूल्याङ्कनमा समेत विद्यालय उत्कृष्ट हुँदै आएकोे छ।” विसं २०६८ मा मध्यमाञ्चल आठौँ, विसं २०६९ मा रष्ट्रिय पाँचौँ, विसं २०७० राष्ट्रिय छैटौँ, २०७१ मा राष्ट्रिय २१औँ, २०७२ मा राष्ट्रिय दोस्रो तथा मध्यमाञ्चल प्रथम, २०७३ मा राष्ट्रिय दोस्रो तथा ३ नं प्रदेशको प्रथम र २०७४ मा राष्ट्रिय चौथोका साथै २०७५ को कक्षा १२ को परीक्षामा ३ नं प्रदेशको प्रथम हुन यो विद्यालय सफल भएको उहाँले जानकारी दिनुभयो।
 
विसं २०७८ को कक्षा १० को एसइई परीक्षामा सर्वाधिक जिपिए (तीन दशमलव छ भन्दा माथि चार जिपिएसम्म) ल्याउने ९३ विद्यार्थी यसै विद्यालयका थिए भने एकजनाले चार जिपिए प्राप्त गरेको थियो। कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डिआइटी, प्री–डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ। हाल दृष्टिविहीन र बौद्धिक अपाङ्ग गरी दुवै अपाङ्ग एकाइसमेत सञ्चालित छन्। दृष्टिविहीन ३२ र आवासीय ३४ जना बौद्धिक अपाङ्ग डे–बोडर्सका रुपमा अध्ययनरत छन्।
 
भौतिक व्यवस्थापनमा विद्यालय सबल छ। हरियाली, फूलबारी, सरसफाइलगायतमा विद्यालयले निकै ध्यान दिइएको पाइन्छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमुना महानगरका रुपमा विकास गर्ने काममा यो विद्यालय कोसेढुङ्गा साबित भएको बताउनुभयो। यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतका कारण विद्यालय उत्कृष्ट बनेको भन्दै उहाँले थप गुणस्तर विकासमा जुट्न आग्रह गर्नुभयो। महानगरभित्रका अन्य विद्यालयले पनि यो विद्यालयको सिको गरेर गुणस्तर सुधारमा लाग्नुपर्ने महानगरप्रमुख दाहालको सुझाब थियो। विगत ६० वर्षमा जुन उपलब्धि प्राप्त भएको छ यसले यहाँको शैक्षिक अवस्थालाई देशभर चिनाउन सकेको चर्चा गर्दै उहाँले निरन्तरको मिहिनेतले नतिजा आउँछ भन्ने प्रमाण यो विद्यालयले दिएको बताउनुभयो।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९, ०४:००:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ
  • सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !
  • वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए
  • स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन
  • शहीद परिवारलाई मासिक पाँच हजार भत्ता
  • हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ
मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
भारत-नेपाल सम्बन्ध थप उचाईमा पुग्ने बिश्वास
भारत-नेपाल सम्बन्ध थप उचाईमा पुग्ने बिश्वास
  • ताजा समाचार
  • ट्रेण्डिङ
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे  छलफल
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान 1
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने 2
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?' 3
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?'
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो' 4
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो'
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने 5
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने
सूचना - प्रविधि थप
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
नास्टले बनायो विद्युतीय स्कुटर
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP