नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको तारा एयरको कार्गो जहाजमा चरा ठोक्किएको छ ।तारा एयरका कर्मचारीले दिएकाे जानकारी अनुसार अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको हाे ।
दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा रहेका सबै जना सकुसल रहेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए । नेपालमा बेलाबखतमा विमान चरा/चितुवासँग ठाेकिने गरेकाे छ ।
डाँडाकाे खाेँच हुँदै विमान उड्नुपर्ने हुँदा त्यसबेला चरासँग ठाेकिने सम्भावना बढी हुने गर्छ । यस्तै धावनमार्ग छेउछाउ भएका झाडीहरू फडानी नगर्दा जंगली जनावरहरूसँग विमान ठाेकिने गरेकाे छ । केही समय अगाडि नेपालगञ्जकाे विमानस्थलमा पनि यस्तै घटना भएकाे थियाे ।