गुल्मीको सत्यवती ३ कुढडाँमा आज बिहान भएकाे जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापती रहेकाे प्रहरीले जनाएको छ ।
ठुलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप गएराति २ बजे समयमा एक्कासी ब्रेक फेल भइ सडकबाट २ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।