मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनाकाे मंगलबार उद्धार गरिएको छ । उनीहरू मध्ये ६ जनालाई हेलिकोप्टरमार्फत् कपनस्थित करुणा अस्पतालमा ल्याएर उपचार गरिएकाे छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु घर फर्किएकाे प्रहरीले जनाएकाे छ ।
यसअघि सोमबार दुईजनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएकाे हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो ।मौसम खराब भएकाले सोमबार उद्धार गर्न कठिनाइ भएकाे थियाे ।बाँकीलाई आवश्यकता र मौसमी अनुकूलताका आधारमा हेलिकप्टरमार्फत ल्याउने प्रयास रहेको जनाइएको हो ।