काठमाडौँको भृअले कर तिर्न थालेका छन्। स्टल र खुला स्थान ओगटेर व्यापार गर्दै आएकालाई काठमाडौँ महानगरपालिकाले कर तिर्न १५ दिने सूचना दिएपछि कर तिर्न थालेका हुन्।
कार्यालय प्रमुख दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपभित्र व्यापार व्यवसाय गर्दै आएकाले कर तिर्न थालेको बताए।
विगतमा खुलामञ्चमा साना व्यवसायीले व्यापार गर्दै आएका थिए। करिब तीस वर्षअघि तीन महिनाका लागि भनेर साबिकको काठमाडौँ नगरपालिकाले भृकुटीमण्डपमा साना व्यवसायीलाई सारेको थियो। त्यस्ता व्यवसायीले अझै पनि त्यहीँ झुपडी बनाएर व्यवसाय गरिरहेका छन्।
हङकङ बजारको नामबाट परिचित त्यहाँ करिब एक हजार ३५० पसल सञ्चालित छन्।