बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना छाेराछाेरी जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ ।
स्थानीय प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान सुरू गरेकाे छ भने श्रीमान् पुष्करलाई नियन्त्रणमा लिइएको छ ।उनी गए राति मात्र भारतबाट फर्केका हुन् ।