Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण
स्पेसखबर
स्पेसखबर काठमाडौं, १२ असार
रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण
 
लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ ।
 
गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो । उक्त स्टेटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।
 
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उनले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । “घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ”, मैनालीले भने ।
 
गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ ।
 
सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
 
गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए ।
 
अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए । प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पु¥याएको छ । 
प्रकाशित मिति: आइतबार, असार १२, २०७९, ०९:४०:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • आज गाईजात्रा पर्व मनाइँदै
  • जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
  • पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
  • 'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
  • एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
  • सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ
मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ
बझाङमा एकै परिवारका तीनजना मृत फेला
बझाङमा एकै परिवारका तीनजना मृत फेला
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा,करिब साढे चार करोड क्षति
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा,करिब साढे चार करोड क्षति
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP