काठमाडौंको सडमा थुप्रिएको फोहोर पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । ल्याण्डफिल्ड साइडको समस्या सल्ट्याइएपछि फोहोर लैजान थालिएको हो ।
नुवाकोटको ल्याण्डफिल्ड साइडमा स्थानीयले अवरोध नगरे र पानी परेर बाटो नविग्रने हो भने सहरका सडकमा थुप्रिएको फोहोर पाँच दिनमा उठिसक्ने काठमाडौं महानगरका वातावरण विभागका प्रमुख सरिता राईले बताइन् ।
१५ दिन अघिदेखि सडकको फोहोरलाई सानो सवारी साधामा उठाएर टेकुस्थित ट्रान्सफर स्टेसनमा राखिँदै आएको थियो । तर, टेकुका स्थानीयले लामो समयसम्म फोहोर राख्दा दुर्गन्ध फैलिएको भन्दै अवरोध गरेपछि सडकको फोहोर उठ्न सकेको थिएन ।