गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समाबेशका लागि लगिने प्रक्रियाको विषयमा लुम्बिनीमा भएको छलफलले निष्कर्ष निकालेको हो ।तिलौराकोट आगामी २ वर्ष भित्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हुनेछ ।
पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ। कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए ।
विश्व सम्पदामा सुचिकृत भइसकेपछि गौतमबुद्धको घर तिलौराकोट दरबारको संरक्षण हुने र पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।