गोकर्णेश्वर नगरपालिकाको वडा नं ८ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नन्दलाल श्रेष्ठ विजयी भएका छन् । उनले १२५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी कल्पना राजचलले ११६० मत प्राप्त गरिन् । वडा सदस्यहरू भने सबै एमालेकाे विजयी भएका छन् ।
नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ र ८ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी भएका छन् ।
यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये ८ वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।