नेपालमा मंगलबार एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण देखिएको हो । नेपालमा एकैदिनमा यति धेरै जनामा संक्रमण पुष्टि भएको पहिलाे पटक हो । यसअघि गत २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
२४ घण्टामा ५६२ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।त्यस्तै २४ घण्टायता १ संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।