इन्हुरेड इन्टरनेशलको अयोजना एबं करुणा शेचनको आर्थिक सहयोगमा बुधवार रामेछापको खाडादेवी गाउँपालिका-२ मझुवामा मनोसामाजिक परामर्श सम्बन्धी दुई दिने तालिम सुरु भएको छ।
तालिममा मानोसामाजिक रोग, यसका लक्षण र यसको उपचारमा अपनाइने विधि र सावधानीबारेमा सहभागीहरुलाई जानकारी गाराइएको थियो।
तालिममा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले प्रशिक्षण दिएका थिए। कार्यक्रमको उद्धेश्य र महत्वमाथि जिल्ला संयोजक बद्री नयाँघरेले जानकारी गराएका थिए।