रौतहटको गौर–चपुर सडकखण्ड अन्तर्गतको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ।सख्त घाइते गढीमाई ३ का १५ वर्षीय शेख अजिबुल्लाहलाई थप उपचारका लागि विरगन्ज लैजाँदै गर्दा मृत्यु भएसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाले जनाएको छ।
इप्रका गरुडाका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन्। उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन।