कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम भोलि सम्पन्न हुँदैछ । विभिन्न वाधा अवरोधकाबीच पनि जनगणना सफल उन्मुख भएको विभागले जनाएको छ ।(आज) बिहीबारसम्म चल्ने गणना हालसम्म ९५ प्रतिशतनै सफल भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। लम्जुङमा र रुपन्देहीमा अभियान्ताहरुले योजनाबद्ध रुपमै गणक माथि दुर्व्यवहार गरेको विभागको ठहर छ ।
विभागले देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्यक्षेत्रमा खटाएको छ । गणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा सबै गणनाको नतिजा सार्वजनिक गर्ने विभागले जनाएको छ ।जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।