बैतडीमा आइतबार राति साढे आठ बजेतिर जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा २ जना गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।जीपमा ७ जना सवार थिए । जीप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।