प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।
बिहीबार बढुवा सिफारिस सूची प्रकाशित गर्दै कार्यालयले ८ प्रनाउलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रनाउ जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटो नाम बढुवा गर्न सिफारिस भएको छ।