सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ ।त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयबाट परराष्ट्रमन्त्री नारायण खड्काले औपचारिक रुपमा विद्युतीय राहदानी सार्वजनिक गर्दैछन् ।विभागले ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको प्रवक्ता शरदराज आरणले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले पनि ई-पासपोर्टलाई सुरक्षित भनेकाे छ ।अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै अाएकाे थियाे ।एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।
ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएका छन् ।मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ ।