रोल्पाकाे शहीदमार्गमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
माडी गाउँपालिका–६ हान्डिङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै र १ जनाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउदै गर्दा बाटाे मै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेहरुमा माडी–६ हान्डिङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादु पुन, ४७ वर्षीया चौसरा विक, १८ वर्षीय लीला पुन रहेका छन् ।
यस्तै घाइते हुनेहरुमा २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । उनीहरूकाे अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।