काठमाडौंमा राति नौ बजेसम्म देउसी–भैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र देउसी–भैलो खेल्न भनेकाे छ। कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राति ९ बजेसम्म समय निर्धारण गरेकाे हाे ।
देउसी भैलो खेल्दा राति नौ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्ण गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनै गतिबिधिहरु गर्न नपाइने समेत प्रशासनले जनाएको छ ।
यस्तै, पटका,अतिसबाजीकाे ओसारपसार र विक्रिवितरण निषेध गरिएकाे छ ।