लगातारकाे वर्षाका कारण केसलीया र बास्ता खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलभित्रै बाढी पसेपछि त्यहाँ हुने सबै उडान रद्ध गरिएकाे छ ।
विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको छ ।भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।
बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् । यसअघि पनि वर्षाकाे माैसममा साे विमानस्थल डुवानमा परेकाे थियाे ।