Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
आज फूलपाती, हनुमानढोकामा साढे चार बजे भित्राइने
रासस
रासस काठमाडौं, २६ असाेज
आज फूलपाती, हनुमानढोकामा साढे चार बजे भित्राइने
नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
 
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।
 
नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरियो। यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकैदिन पूजा आराधना गनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो। सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
 
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।
 
यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्। दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ।
 
गत वर्ष बडादसैँमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो। भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको छ। कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन्। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ। फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८, ०७:१७:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?
  • कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार
  • चराले सफा गर्ने निस्कोट 'बराह ताल'
  • ‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’
  • सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
  • झापा सुपर लिग क्रिकेट : धुलाबारी र काँकडभिट्टा विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ
मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ
बझाङमा एकै परिवारका तीनजना मृत फेला
बझाङमा एकै परिवारका तीनजना मृत फेला
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा,करिब साढे चार करोड क्षति
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा,करिब साढे चार करोड क्षति
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP