अछाममा गएराति जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसी रहेकाे अछामका प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।
घाइते १४ जनामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।