सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन हिजाे राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप आज चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि हिजाे राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएकाे बताए । उनका अनुसार आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।