नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार ठोक्किएका हुन्। दुर्घटनामा २४ जना घाइते भएका छन्
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीया रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।