पूर्वयुवराज पारश शाहले महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्।
शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा पारस दुर्व्यवहार गरेका हुन्। हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनले दुर्व्यवहार गरेका हुन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेका थिए। प्रहरीले चौकीमा लैजान खोज्दा उनले प्रहरीसँग वादविवाद गरेका थिए।
तर पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर प्रहरीले पठाएको थियो।