भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाएतका सात बुदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारी साधनसहित र्याली निकालेका छन् ।
उपत्यकाको चक्रपथमा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सवै प्रकारका सार्वजनिक यातायातको र्यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरुले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए । भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।
त्यस्तै ट्याक्सी व्यवसायीहरुले न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोधको कार्यक्रमबाट पनि आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।