प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप अभियानको शुभारम्भ गरेका छन्।प्रधानमन्त्री देउवाले सोमबार गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा पुगेर अपाङ्गता भएकालाई कोरोनाविरुद्ध जोन्सन खोप दिने अभियानको शुरवात गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो ।त्यस्तै प्रधानमन्त्री देउवाले काठमाडौंको बीर अस्पताल लगाएतका अन्य खोप केन्द्रमा पुगेर खोप अभियानको अनुगमन र निरिक्षण गरेका थिए ।
अमेरिकाले नेपाललाई एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप उपहारमा उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिइने छ ।