विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । दक्षिणकाली मन्दिर परिसररहेको टवाइलेटमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको अनुहारमा ढुंगाले हिर्काएर क्षतविक्षत पारिएको अवस्थामा भेटिएको थियाे ।उनलाई योजनावद्ध रूपमै त्यहाँ बोलाएर लगेर हत्या गरेको हुन सक्ने प्रहरीकाे अाशंका छ ।घटनास्थलमा पुगेको फरेन्सिक टीमले भेटिएको शव दुई/तीन दिन पुरानो हुनसक्ने अनुमान गरेको थियो।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा लगिएकाे थियो ।उनी कालोपुल बस्दै आएकी थिइन्।उनले ६५ भन्दा बढी पशुपंछीको आवाज निकाल्थिन्।