नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या समाधान भएको छ ।
विहान ६ बजेदेखि टेलिकमको जीएसएम मोबाइल सर्भिसको प्रिपेड र पोस्टपेड दुवै सेवाको भ्वाइस पार्टमा समस्या देखिएकाे थियाे । टेलिकमकाे प्राविधिक टिमले समस्या आएकाे डेढ घण्टामै समस्या समाधान गरेको थियाे ।
स्मार्ट फोनमा समस्या आए पनि पुरानो फिचर फोनमा समस्या थिएन ।